Sagun Khabar
बैतडीको पाटनमा पिपिएल क्रिकेट असोज ३ गतेदेखि हुने 
फाइल फोटो

बैतडी –बैतडीको पाटनमा हुन गइरहेको पाटन प्रीमियर लिग सिजन दुई (पीपीएल२) असोज ३ गते देखि हुने भएको छ । असोज १ गते देखि नै हुने भनिएको प्रतियोगिता वर्षाका कारण सरेको हो । बर्षाका कारण प्रतियोगिता दुई दिन पर धकेलिएको आयोजक, पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए । 
प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने छन् । दुई समुहमा बिभाजन गरी लिग चरणमा खेलाइने छ । 

समुह ‘ए’ मा पाटन भ्याली क्रिकेट क्लब, कुलगडे क्रिकेट क्लब, बाशुलिङ क्रिकेट क्लब , नवजागृती क्रिकेट क्लब, पाटन स्टार युवा क्लब, धारिलो क्रिकेट क्लब, गढी क्रिकेट क्लब, भुमेश्वर युवा क्लब, बीडीपीआई क्रिकेट टोली, त्रिपुरा त्रिकेट क्लब, थालिगडा क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब रहेका छन् । 

त्यसैगरी समुह ‘बी’ मा पीसीसी पल्टन, नवदुर्गा क्रिकेट क्लब, जाडीकोट क्रिकेट क्लब, बाराकोट क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, भूमिराज क्रिकेट क्लब, शिवशक्ति क्रिकेट क्लब, खोडपे क्रिकेट क्लब, (केसीसी) रोयल किङ डडेल्धुरा, मेलौली क्रिकेट क्लब र शाहिलेक क्रिकेट क्लब रहेका छन् । 

प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको सचिव अवस्थीले बताए । प्रतियोगिताको बिजेता टीमले नगद १ लाख ११ हजार १११ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५५ हजार ५५५ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद ११ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान नगद ५ हजार ५५५ सहित प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै उदीयमान खेलाडी एकजनालाई एक हजार १११ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update