Sagun Khabar
पूर्व मन्त्री साउँदले कञ्चनपुरमा पठाए स्वास्थ्य सामग्री

कञ्चनपुर –नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका । बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् । 

आँफै कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा बसीरहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई हस्तान्तरण गरिएको  पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पूर्वमन्त्री साउँदले २५ थान बेड,२५ थान पङखा,३ हजार माक्स लगाएतका स्वास्थ्य सामाग्री पठाएको उनले बताए । 

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा विरामीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाएको पूर्वमन्त्री साउँदले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update