Sagun Khabar
भारतमा नेपालीको भलिबल प्रतियोगिताः२० किलोको खसी आयोजकले जित्यो 

बैतडी- भातरको  हैदराबादमा नेपालीहरुको  भलिबल प्रतियोगिता सम्पन्न भएको  छ । पताल भुमेश्वर युवा जागरण मञ्चले विजया दशमी तथा सुभदिपावलीको उपलक्ष्यमा आयोजना गरेको भलिबल प्रतियोगिता  सम्पन्न भएको  हो ।

सो प्रतियोगितामा प्रथम  आयोजक भएको  छ । उसले  २० किलोको  खसी जितेको  छ ।  यस्तै द्धितिय  बाबास्टार  र तृतिय  बाशुलिङ्ग युवा क्लब भएको हो । प्रथम हुने टिमले २० किलो खसी सहित  नगद १५ सय हात पारेको  छ  भने  द्धितिय हुने टिमलाई  नगद १५ सय र  तृतिय  हुने  टिमलाई  नगद १ हजार प्रदान गरिएको  पताल भुमेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष विनोद विष्टले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै प्रतियोगितामा राम्रो सटर आयोजकका विनोद विष्ट, राम्रो ब्लकर सुर्नया २ का चक्र विष्ट भएका छन् भने राम्रो डिफेन्सर सुर्नया २ कै  राजु बिष्ट  भएका बताइएको  छ । भलिबल प्रतियोगितामा ४ टिमको  सहभागिता रहको  थियो ।

सबै नेपाली दाजुभाइ संग भेट घाट होस र आपसी सम्बन्ध सुमधुर बनोस भनेर दशैँको  अवसरमा प्रतियोगिताको  आयोजना गरिएको  पताल भुमेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष  विष्टले बताए ।

पत्ताल भुवनेश्वर युवा जागरण मञ्च बैतडीको  सुर्नया २ का युवाहरुले गठन गरेको समूह हो । यो समूले समाजिक कामका साथै  विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको  छ । गत साउनमा पनि पताल भुमेश्वर युवा जागरण मञ्चले भलिबल प्रतियोगिता गरेको  थियो । 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update