Sagun Khabar
बैतडीसहित सुदूरपश्चिम सात्त्विक दशैँ
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सात्विक रुपमा दशैँ मनाउने गरिन्छ । प्रदेशमा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आइएको हो । खानपिनको पर्वका रूपमा समेत चिनिने बडा दशैँमा यहाँ भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ ।

मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ ।

घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजया दशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताए। 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update