बैतडीमा जिप दुर्घटना, चालक सहित ६ जना घाइते (अपडेट)
बैतडी –बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १३७९ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
घाइते हुनेमा डिलाशैनी गाउँपालिका ७ का २२ बर्षीय जीप चालक महेशराज जोशी, सोही ठाउँका ७० बर्षीय नारायणदत्त जोशी, ५४ बर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ वाणीका ३५ बर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ बर्षीय मदनराज जोशी र ६ बर्षीय कपिलराज जोशी रहेका छन् ।
जिप सडकबाट ८० मिटर तल खसेको छ । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिपमा चालक सहित १० जना सवार थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १२:४८
प्रतिक्रिया दिनुहोस्




