Sagun Khabar
बैतडीमा काँग्रेस वडा सभापतिले  दिए राजीनामा, बागी उम्मेदवारलाई सघाउने 

बैतडी- बैतडीमा नेपाली कांग्रेसका वडा सभापतिले राजीनामा  दिएका छन् । जिल्लाको डिलाशैनि गाउँपालिका  वडा नं ३ का  काँग्रेस वडा सभापति सोभान सिंह बोहराले पार्टीबाट बुधबार राजीनामा दिएका  हुन् । राजीनामा दिएका उनले काँग्रेसका बागी हरिमोहन भण्डारीलाई सघाउने बताएका छन् । 

प्रदेश सभा क्षेत्र नं १ मा  स्वतन्त्र उम्मेदावरी  दिएका कांग्रेस बागी भण्डारीको पक्षमा जनलहर रहेको र आफु पनि चुनावमा सघाउने उनको  भनाई  छ । कांग्रेस बागी भण्डारी अहिले चुनावी प्रचारप्रसारमा व्यवस्त छन् । 

जिल्लाको पाटन नगरपालिका र पुर्चाैडी नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको हरिमोहन भण्डारीको टोलिले निर्वाचन परिचालन कमिटि  गठन गरेर अहिले  चुनावी प्रचारप्रसारलाई  तिब्रता दिइरहेको छ । बैतडीमा काँग्रेसले  टिकट नदिएको  भन्दै बागी उठेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारको  दिमाग खराब गरेको छ । 

उम्मेदवारी फिर्ता गर्न अनुरोध आग्रह गरिएपनि काँग्रेस बागीहरु चुनाव जित्ने रणनीतिका  साथ चुनावी मैदानमा उत्रिएका छन् । बैतडीमा  टिकट नदिएछि नेपाली काँग्रेसका  नेता केशब बहादुर  चन्द र नेता हरिमोहन भण्डारीले  स्वतन्त्र उम्मेदवारी  दिएका थिए ।   चन्दले  प्रतिनिधिसभा सदस्य र भण्डारीले  प्रदेश सभा क बाट  उम्मेदवारी  दिएका  हुन्  । 

अहिले पनि नेपाली  काँग्रेस बैतडी  लगायत अन्य गठबन्धन भित्रका  दलका नेताहरुले  बागी  फकाउने प्रयास जारी राखेपनि   उनिहरुले  फिर्ता नलिने अडानका साथ चुनावी प्रचारलाई  आक्रामक  बनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update