Sagun Khabar
बैतडीमा पुरुष भन्दा महिला मतदाता बढी 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका बैतडीमा पुरुषको भन्दा महिला मतदाता बढी रहेका छन् । १ लाख ५० हजार १५६ मतदाता मध्ये  जिल्लाभरी ७५ हजार २७८ महिला, ७४ हजार ८०६ पुरुष र २ जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसरी हेर्दा पुरुष भन्दा ४७२ जना महिला मतदाता बढी रहेका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये ५ ओटामा महिला मतदाता बढी देखिएका छन् भने ५ ओटामा पुरुष मतदाता बढी देखिएका छन् । समग्र रुपमा पुरुषको भन्दा महिला मतदाता बढी रहेका जिल्ला निर्वाचन अधिकारी फँुयालले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा महिलाको तुलनामा पुरुष मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

दशरथचन्द नगरपालिका ११ हजार ४०६ महिला मतदाता रहेका छन् भने  ११ हजार २९६ पुरुष मतदाता रहेका छन् । पाटन नगरपालिकामा १० हजार २२ महिला मतदाता रहेका छन् भने ९ हजार ७७३ पुरुष मतदाता रहेका छन् । यसैगरी मेलौली नगरपालिकामा ६ हजार ९६२ महिला मतदाता, ६ हजार ६८१ पुरुष मतदाता र एक जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ५ हजार ७५५ महिला,  ५ हजार ४१५ पुरुष र एकजना अन्य मतदाता रहेका छन् । शिवनाथ गाउँपालिकामा पनि पुरुषको तुलनामा महिला मतदाता बढी रहेका छन् । सो पालिकामा र ५ हजार ३७ महिला मतदाता र ४ हजार ८५९ पुरुष मतदाता रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिका महिला भन्दा एकजना बढी पुरुष मतदाता रहेका छन् । सो पालिकामा १० हजार ७४१ पुरुष र १० हजार ७४० महिला मतदाता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकामा ६ हजार ८०६ पुरुष र ६ हजार ४११ महिला मतदाता रहेका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा ७ हजार ४६२ पुरुष र ७ हजार २८२ महिला मतदाता रहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा ६ हजार ११२ मतदाता रहेका छन् भने ६ हजार २१ महिला मतदाता रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा ५ हजार ७३३ पुरुष र ५ हजार ६४१ महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update