Sagun Khabar
बैतडीमा  भाइरल ज्वरोका बिरामी बढे

बैतडी- मौसममा आएको परिवर्तनसंगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरो र रुघा खोकीका  बिरामी बढेका छन् ।  मौसममा आएको  परिवर्तनले अहिले  जिल्ला भित्रका सबै ठाउँमा भाइरल ज्वरोका बिरामी  बढेका हुन् ।

अहिले  गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी रहेका पुर्चौडीका  स्थानीय पुरन सिंह ऐर जानकारी दिए । यस्तै जिल्ला अस्पतालमा पनि उपचारका लागि आउनेमा भाइरल ज्वरो देखिने  गरेको छ ।

जिल्ला अस्पतालमा दैनिक बिरामी उपचारका लागि आइराखेका र ती मध्ये अधिकाँशमा भारल ज्वरोको संक्रमण देखिने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।  साथै  डेंगु स्क्रब टाइफसका समेत बिरामी फेला पर्ने गरेका उनले  बताए ।

जिल्लाको तल्लोसोराड क्षेत्रमा पनि रुखाखोकी बिरामी बढेक छन् । अहिले मौसम परिवर्तनका कारण रुघाखोकीका बिरामी बढेका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।

बिरामीहरुमा  ज्वरो बढ्ने र रोकिने,चिसो महसुस हुने हल्का खोकी लाग्नने   घाँटी दुख्ने, हाँच्छिऊ आउने , नाकबाट पानी आउने  टाउको, शरीर तथा हाडजोर्नी दुख्ने लक्षण रहेका  बताइएको  छ ।

मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढेकोले शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न, न्यानो लुगा  लगाउन स्वास्थ्यकर्मीहरुको सुझाव दिएका छन् ।

 बैतडीमा केहि दिन देखि चिसो  बढेको  छ ।  चिसोको  समयमा बालबालिका , वृद्धवृद्धाहरुलाई बढी  समस्या हुनेगरेकाले  स्वास्थ्यको  ख्याल राख्न  स्वास्थ्यकर्मीहरुले  आग्रह  समेत गरेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update