बैतडी- बैतडीको प्रदेश सभा क्षेत्र नं ‘क’ मा काँग्रेसका बागी गठबन्धनका लागि भारि परेका छन् । काँग्रसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारि दिएका हरिमोहन भण्डारी गठबन्धनका लागि भारि बनेका हुन् ।
उनि अहिले चुनाव जित्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालमा गठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट संग थौरै मतले पराजित भण्डारी अहिले चुनावी मैदानमा आक्रमक देखिएका छन् । उनले काँग्रेसका नेता कार्यकर्ताहरुलाई आफनो जालमा पारेर चुनावी माहोल तताउन थालेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका मोहनले काँग्रेसका बिर बहादुर विष्ट हराउन वडा तहका नेता कार्यकर्ताहरुलाई अफनो पक्षमा तान्दै हिँडिरहेका छन् । आफु नभए बैतडीमा काँग्रेसनै पतन हुने दाबी गर्दै उम्मेदवार बनेका उनी गठबन्धन र एमालेका उम्मेदवारलाई समेत पराजित गरेर जित्ने दाउमा छन् ।
काङ्ग्रेस भित्रै बागी निक्लिएपछि क्षेत्र नं ‘क’ मा गठबन्धनका साझा उम्मेदवार विष्टलाई गार्हो परेको छ । यद्यपि विष्टले बागीको कारण आफुलाई कुनै फरक नपर्ने भनेर विजयी लक्ष्यका साथ चुनावी प्रचारप्रसारमा तिब्रता दिएका छन् । नेकपा माओवादीको साथ पाएका विष्टले चुनाव जित्ने बताइरहेका छन् । यो क्षेत्रमा एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको छ ।
गठबन्धनबाट बाहिरिएर प्रदेश ‘क’ मा एकल उम्मेदवारी दिएको एस बैतडीले चुनाव जित्ने दाबीका साथ चुनावी प्रचार गरिरहेको छ । एकीकृत समाजवादीले एक्लै चुनाव लड्नु र काँग्रेस भित्रै बागी उठ्नुले गठबन्धनका उम्मेदवारलाइ गार्हो भने परेको छ ।
यता गठबन्धन भित्रको गडबडीले एमाले भने यो क्षेत्रमा चुनाव जित्ने भन्दै हौसिएको छ । एमालेका उम्मेदवार सुरेन्द्र पालले आफुले सहजै चुनाव जित्ने बताएका छन् । प्रदेश सभा क्षेत्र नं ‘क’ मा उम्मेदवारहरु बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
यो निर्वाचन क्षेत्रमा ६ जना चुनावी मैदानमा छन । नेकपा एमालेका सुरेन्द्र पाल, नेपाली काँग्रेसका, बिर बहादुर विष्ट, एकीकृत समाजवादीका नरेन्द्र विष्ट र काँग्रेसका बागी हरिमोहन भण्डारी उम्मेदवार रहेकाले रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको हो । यस्तै राप्रपाका रण बहादुर विष्ट ,राप्रपा नेपालका कृष्णा पन्त पनि यो क्षेत्रमा चुनाव लडि रहेका छन ।
प्रदेश सभा क्षेत्र नम्बर क मा उम्मेदवार कोहि भन्दा कोहि कम नभएकाले कति मत आउला, बाजी कसले मार्ला भन्ने उत्सुकता सबैलाइ छ । तर यो सबै मतदाताको हातमा रहेकाले मंसिर चार गते जनताले कसको शिरमा प्रदेश सांसदको पगडी बाध्न मतदान गर्छन यो भने हेर्न बाँकी छ ।




