बैतडी –सत्ता गठबन्धन दलका नेताहरु धनगढी आउने भएका छन् । उनीहरु भोलि (आईतबार) सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी आउने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशिक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका हुन् ।
धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु आउने सचिव चन्दले बताए । चुनावी सभामा प्रदेशभरीका गठबन्धनका उम्मेदवारहरुका साथै नेता कार्यकर्ताहरुको समेत सहभागिता रहने बताइएको छ ।
गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ सुदूरपश्चिम आउन लागेका हुन् । गठबन्धनको पक्षमा माओल बनाउनका लागि उनीहरु धनगढी आउन लागेका नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए ।




