Sagun Khabar
रेडियो निङ्गलाशैनीको देउसी भैलो कार्यक्रम सुरु 

बैतडी- रेडियो निङ्गलाशैनीको  देउसी भैलो कार्यक्रम सुरु भएको  छ । संस्कृति संरक्षण गर्ने  उदेश्यले पालिकाहरुसंगको सहकार्यमा आजबाट देउसी भैलो कार्यक्रम सुरु भएको  रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए ।

लोप हुँदै गएको  संस्कृति संरक्षणका लागि स्थानीय तहहरुसंगको सहकार्यमा देउसी भेलौ कार्यक्रमको आयोजना गरिएको उनले बताए । बैतडीको  दशरथचन्द नगरपालिका वडा नं  १ मा  रहेका लोकप्रिय रेडियो निङ्गलाशैनीको   बिशेष सांस्कृतिक प्रस्तुती सहित देउसी भैलो कार्यक्रम आजबाट  सुरु भएको छ । आज सुर्नया गाउँपालिका ५ स्थित   रौलेश्वर माविमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको  छ ।

 सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय   नागरिकहरुको  सहभागिता रहेको छ ।  यस्तै  भोलि कार्तिक ७ गते पाटन नगरपालिकाको पाटन बजारमा देउसी भैलो कार्यक्रमको आयोजना हुनेछ ।

यस्तै कार्तिक ८ गते दोगडाकेदार गाउँपालिकाको खोचलेकमा कार्यक्रमको आयोजना गरिनेछ भने कार्तिक९ गते दशरथचन्द नगरपालिकाको गोठलापानी बजारमा देउसी भैलो कार्यक्रमको आयोजना गरिनेछ ।रेडियो निङ्गलाशैनीले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ ।

पालिकाहरुमा देउसी भैलोको कार्यक्रम आयोजना पछि नजिकका बजारहरुमा समेत देउसी भैलो खेलिने भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको हो । देउसी भैलो कार्यक्रम  अयोजना गरेर  संस्कृति  संरक्षण गर्ने  कदम निकै  राम्रो भएको स्थानीय  अर्जुन भट्टले  बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update