Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 
साँकेतिक तस्बिर

बैतडी- बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महराको आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर  मृत्यु भएको पारिवारिक स्रोतले  जनाएको छ ।

भीरबाट लडेका उनको घटना स्थलमै मृत्यु भएको बताइएको  छ। उनका घरमा  श्रीमती, ३ छोरी र दुुइ छोरा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update