Sagun Khabar
बैतडीको सुर्नयामा रेडियो निङ्गलाशैनीको देउसी भैलो कार्यक्रम 

बैतडी-रेडियो निङ्गलाशैनीको देउसी भैलो कार्यक्रम सुरु भएको छ । आज सुर्नया गाउँपालिकाबाट  देउसी भैलो कार्यक्रम सुरु गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए । 

लोप हुँदै गएको संस्कृति संरक्षणका लागि स्थानीय तहहरुसंगको सहकार्यमा देउसी भेलौ कार्यक्रमको आयोजना गरिएको उनले बताए । आज सुर्नया गाउँपालिका ५ स्थित  रौलेश्वर माविमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक सुरक्षाकर्मी , स्थानीय नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो ।

सो कार्यक्रमा सहभागीहरुलाई मायाको चिनो प्रदान गरिएको   छ।   गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु, शिक्षक र समाजसेविहरुलाई स-सम्मान मायाको  चिनो प्रदान  गरिएको  प्रबन्ध निर्देशक अवस्थीले बताए । 

आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला रेडियो निङ्गलाशैनी  संस्कृति संरक्षणमा जुट्नु राम्रो पक्ष रहेको गाउँपालिकाका अध्यक्ष अम्मर  बहादुुर  कुवँरले बताए ।

देउसी भैलो कार्यक्रम अयोजना गरेर संस्कृति संरक्षण गर्ने रेडियो निङ्गलाशैनीको  कदम निकै राम्रो भएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताइन् । रेडियो निङ्गलाशैनीले देउसी भैलौ आयोजना गरेर संकृति संरक्षणमा जुटेको प्रति खुसी व्यक्त गर्दै  गाउँपालिकाका प्रवक्ता प्रताप  सिंह महराले  रेडियोले आयोजना गरेको देउसी भैलोको  प्रंशसा  गरेका छन् । 

अगामि दिनमा पनि यस्ता कार्यक्रमको  निरन्तरता दिन सहभागि सबैले रेडियो  परिवारलाई  आग्रह गरेका छन्  । भोलि कार्तिक ७ गते पाटन नगरपालिकाको पाटन बजारमा देउसी भैलो कार्यक्रमको आयोजना हुनेछ ।

यस्तै कार्तिक ८ गते दोगडाकेदार गाउँपालिकाको खोचलेकमा कार्यक्रमको आयोजना गरिनेछ भने कार्तिक ९ गते दशरथचन्द नगरपालिकाको गोठलापानी बजारमा देउसी भैलो कार्यक्रमको आयोजना गरिनेछ ।

रेडियो निङ्गलाशैनीले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । पालिकाहरुमा देउसी भैलोको कार्यक्रम आयोजना पछि नजिकका बजारहरुमा समेत देउसी भैलो खेलिने भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update