Sagun Khabar
बैतडीको डिलाशैनीमा गाउँटोलमै समाजिक सुरक्षा भत्ता 

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँटोलमै गएर समाजिक सुरक्षा भत्ता वितरण  गरेको छ । वृद्धवृद्धा तथा अशक्त नागरिकहरुलाई सहज होस भनेर वडाहरुको पाइक पर्ने स्थानमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका समाजिक सुरक्षा शाखा प्रमुख लोकेन्द्र  प्रशाद   जोशीले जानकारी दिए ।

जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाले पाउँदै आएको आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासीक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताए । पालिकाका कर्मचारी, बैँकका कर्मचारी र जनप्रतिनिधिहरुको संयुक्त टोलीले गाउँटोलमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरेको बताइएको छ ।

वडा नं १ , २, ३ र ४ मा समाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न भएको र तिहार पछि बाँकी वडामा वितरण गरिने पालिकाका समाजिक सुरक्षा शाखा प्रमुख जोशीले बताए ।बिचमा तिहारको बिदा परेकाले सबै वडामा वितरण गर्न नसकिएको र कार्तीक १४ गते देखि भत्ता वितरण कार्य फेरी सुरु गरिने उनको भनाई  थियो।  

 गाउँटोलमै गएर भत्ता वितरण हुँदा जेष्ठ नागरिकरु खुसी भएका छन् । पालिकाको पहल, बैँकको  सहयोगमा आफुहरुले भत्ता वितरणमा सहजिकरण गरेपछि जेष्ठक नागरिकहरु निकै खुसी भएका वडा नं १ का  अध्यक्ष कृष्ण धामीले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update