Sagun Khabar
तिहारको समयमा बैतडीका बजारहरुमा चहलपहल

बैतडी- तिहारको समयमा बैतडीका बजारहरुमा चहलपहल बढेको छ । तिहारका बेला घरघरमा झिलीमिली गर्नका लागि स्थानीयहरु सामग्री किन्न बजार पुगन थालेपछि बजारमा चहलपहल बढेको हो ।

आज लक्ष्मी पूजा भएकाले पनि पूजा सामग्री खरीद गर्नेहरुको चहलपहल बढेको व्यापारिहरुले बताएका छन् ।अहिले बजारहरुमा तिहारको भाइमसला,टीका,माला,फलफूललगायतका विभिन्न सरसामान किन्नेहरुको भीड बढेको सतबाँझका व्यापारी शंकर भट्टले बताए ।

जिल्लाका बजारहरुमा अहिले तिहार पर्वमा नभइनहुने मैनबत्ति देखि मिष्टान्न किन्नहरुको भीड बढेको उनले  बताए । तिहारमा चाहिने सरसामान संगै खाद्यान्नका सामान, लुगाकपडा र जुत्ता चप्पलको समेत व्यापार बढेको व्यापारी हर्क धामीले  बताए ।

जिल्लाको गोठलापानी, शाहीलेक, देहीमाण्डौ, मुस्याचोर, सतबाँँझ, पाटन, खोड्पे, मेलौली, हाट लगायतका बजारहरुमा चहलपहल बढेको छ । यस्तै तिहारको समयमा जिल्लाका ग्रामीण क्षेत्रमा पनि चहलपहल बढेको छ । भाईटीकाका लागि बाहिर रहेकाहरु घर फर्किएपछि चहलपहल बढेको  स्थानीय  प्रविन धामीले  बताए ।

तिहारले बिछोडिएका भाइबहिनिहरुको भेटघाट गराउने भएकाले यो पर्व निकै उल्लासमय हुनेगर्दछ । तिहारको भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, मालाका साथै उपहार दिने गर्छन् ।

यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रहेको छ । यो  वर्षको  भाइटिका १० गते  परेको  छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update