बैतडी- रेडियो निङ्गलाशैनीको देउसी भैलो कार्यक्रम जारी रहेको छ। आइतबार बैतडीको सुर्नया गाउँपालिकाबाट सुरु भएको देउसी भैलो कार्यक्रम जारी रहेको हो । सोमबार पाटन नगरपालिकामा देउसी भैलो खेलिएको छ । पाटनमा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा नगर उपप्रमुख लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रमा सहभागीहरुलाई मायाको चिनो प्रदान गरिएको छ। उपप्रमुख लगायतका जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको हो ।

आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला रेडियो निङ्गलाशैनी संस्कृति संरक्षणमा जुट्नु राम्रो पक्ष रहेको जनप्रतिनिधिहरुको भनाई छ । अगामि दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिन सहभागि सबैले रेडियो परिवारलाई आग्रह गरेका छन् ।

यस्तै आज ८ गते दोगडाकेदार गाउँपालिकाको खोचलेकमा कार्यक्रम गरिदै छ । कार्तिक ९ गते भोली दशरथचन्द नगरपालिकाको गोठलापानी बजारमा देउसी भैलो कार्यक्रम गरेर समापन गरिने रेडियो परिवारले बताएको छ ।
रेडियो निङ्गलाशैनीले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । पालिकाहरुमा देउसी भैलोको कार्यक्रम आयोजना पछि नजिकका बजारहरुमा समेत देउसी भैलो खेलिने भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको हो ।





