Sagun Khabar
बैतडीको दोगडाकेदारमा निङ्गलाशैनीको  देउसी कार्यक्रम

बैतडी- रेडियो निङ्गलाशैनीको देउसी भैलो कार्यक्रम आज दशरथचन्द नगरपालिकामा खेलिदैछ । आइतबार बैतडीको सुर्नया गाउँपालिकाबाट सुरु भएको देउसी भैलो कार्यक्रम आज दशरथचन्द नगरपालिकामा गरिने रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए ।

311447893_5580005548744816_1327723753568551742_n1666753291.jpg

 

मंगलबार दोगडाकेदार  गाउँपालिकामा देउसी कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो । देउसी भेलौ कार्यक्रममा सहभागि भएका  जनप्रतिनिधिहरु र  सुरक्षाकर्मीहरुलाई मायाको चिनो  प्रदान गरिएको हो ।

311413359_5580006012078103_2808182889962305183_n1666753330.jpg

आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला रेडियो निङ्गलाशैनी संस्कृति संरक्षणमा जुट्नु राम्रो पक्ष रहेको जनप्रतिनिधिहरुको भनाई छ । अगामि दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिन रेडियो परिवारलाई आग्रह गरिएको छ ।

311454640_5580005875411450_4774119059104598464_n1666753357.jpg

आज सदरमुकाममा रेडियो निङ्गलाशैनीले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । आज दशरथचन्द नगरपालिकामा  खेलेर देउसी भैलो कार्यक्रम सम्पन्न हुने  छ ।  

311445884_5580006185411419_3673196980538383196_n1666753391.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update