Sagun Khabar
बैतडीको तल्लोस्वराडका दुई   काँग्रेस नेता एमालेमा  प्रवेश

बैतडी- बैतडीको तल्लोस्वराडका दुई   काँग्रेस नेता एमालेमा  प्रवेश गरेका छन् । लामो समय देखि सो  क्षेत्रमा राजनीति गरिरहेका कांग्रेसका दुई नेता चुनावकै मुखमा नेकपा (एमाले) मा प्रवेश गरेका एमाले नेता बलभद्र दयालले जानकारी दिए ।

प्रदेश सभा ख का उम्मेदवार लिलाधर भट्ट जिताउने  चुनावी प्रचारप्रसार अभियान  अन्तर्गत भोट मागन  मेलौली पुगेको एमालेले  कांग्रेसका मेलौली नगर कार्य समितिका निवर्तमान उपसभापति तथा मेलौली–५ का वडा सभापति प्रमानन्द पन्त र वडा ६ का वडा सदस्य सरस्वती भट्टले पार्टी प्रवेश गरेको बताएको  छ ।

ती दुई नेताहरुलाई एमालेका जिल्ला इन्चार्ज पुरन दयाल र सहइन्चार्ज तथा प्रदेशसभा क्षेत्र (२) का उम्मेदवार लिलाधर भट्टले बुधबार टिका र अबिर लगाएर पार्टीमा भित्र्याएका हुन्  । एमालेले जिल्लमा चुनावी प्रचारप्रसारलाई  आक्रामक बनाएको छ ।   उम्मेदवारहरुले  अहिले  घरदैलो कार्यक्रमलाई  तिब्रता दिएका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update