Sagun Khabar
बैतडीमा जुवातास खेल्ने र खेलाउनेलाई कारवाही हुने 

बैतडी –तिहारको समयमा जुवातास खेल्ने र खेलाउनेलाई कारवाही हुने बैतडी प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर जुवातास खेलेको पाइएमा कारवाही गर्ने निर्णय गरिसकेकाले सोही अनुसार हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

तिहारको समयमा जिल्लाभरी कसैले जुवातास खेले अथवा खेलाएको पाइएमा कडा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए । तिहारको समयमा विभिन्न ठाउँमा जुवातास खेल्ने र खेलाउने सम्भावना रहेकाले प्रहरीले सबै ठाउँमा गस्ती गरिरहेको प्रहरी निरीक्षक जोशीले बताए । 

जुवातासका कारण समाजमा विभिन्न खालका समस्या हुने भएकाले रोक लगाएको प्रहरीले जनाएको छ । तिहारको समयमा जुवातास नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update