Sagun Khabar
‘दुत्त्या’को अवसरमा बैतडीका विभिन्न ठाउँमा मेला सम्पन्न 

बैतडी –भाइटीका अर्थात दुत्त्याको अवसरमा बैतडीका विभिन्न ठाउँमा मेला सम्पन्न भएको छ । विभिन्न मठ मन्दिर तथा भण्डार घरमा दुत्त्याको अवसरमा मेला लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । 

भैलो खेल्दै दुत्त्या मेला मनाउने चलन रही आएको मेलौलीका स्थानीय महेशदत्त भट्टले बताए । भाइटीकाकोे अवसरमा मेलौली नगरपालिका वडा नं ९ असुरमा रहेको शिवकेदार मन्दिरको भण्डार घरमा मेला लाग्ने गरेको उनले बताए । 

सो मेलामा गीर ( भकुण्डो) खेल्ने चलन समेत रही आएको छ । यस्तै भैलो गाउँदै शिवकेदार देवताको आराधना गर्ने चलन रही आएको भट्टले बताए । कार्तिक शुक्ल पक्षको द्वितीया तिथीमा भैलो खेल्दै मेला मनाउने चलन रही आएको छ । उनले भने ‘भाइटीकाको दिन शिवकेदार मन्दिरको भण्डार घरमा जमा भएर भैलो खेल्दै,गीर खेल्दै मेला मनाउने चलन रही आएको छ ।’

असुर गाउँमा लाग्ने मेलामा टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय सीताराम भट्टले बताए । 
यस्तै शिवनाथ गाउँपालिकाका विभिन्न स्थानमा पनि दुत्त्याको अवसरमा मेला लाग्ने गरेको शिक्षक शिवराज कलौनीले बताए । मेलामा भैलो र भकुण्डो खेल्ने चलन रही आएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update