Sagun Khabar
कैलालीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

कैलाली –कैलालीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update