भारतीय क्षेत्रबाट महाकाली नदीमा हाम फालेर एक नेपाली नागरिक बेपत्ता
बैतडी –नेपालसंग जोडिएको भारतीय बजार झुलाघाट नजिकै नदी किनारबाट महाकालीमा हाम फालेर एक नेपाली बेपत्ता भएका छन् । शनिबार दिउँसो ३ बजेतिर अन्दाजी ३० बर्षीय नेपाली नागरिकले नदीमा हाम फालेर बेपत्ता भएका भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।
उनी बैतडीका बासिन्दा भएपनि कुन ठाउँका हुन भन्ने एकीन भइनसकेको उनले बताए । भारतीय बजार झुलाघाटस्थित लाटेश्वर मन्दिर नजिकैबाट ती व्यक्तिले हामल फालेको बताइएको छ । उनले कालो जकेट लगाएका थिए । उनको परिचय भने खुल्न नसकेको भारतीय पुलिस थाना अध्यक्ष अनिल आर्याले जानकारी दिएको पत्रकार भट्टले बताए ।
हाम फालेर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भइरहेको भारतीय प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९ १८:२१
प्रतिक्रिया दिनुहोस्




