सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
बैतडी –सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का बझाङ, बैतडी, डोटी लगायतका जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन् ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्र बझाङको लेखगाउँ रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ १०:३९
प्रतिक्रिया दिनुहोस्




