Sagun Khabar
लागू औषध सहित बैतडीका तीनजना युवा कञ्चनपुरमा पक्राउ 

बैतडी –कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको अगाडिबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित बैतडीका तीन जना युवालाई पक्राउ गरेको छ ।

शनिबार राति इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक  दानसिंह भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलिले ५४ दशमलव ८ ग्राम खैरोहेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरु लागूऔषध खरिद गर्नका लागि सु.प.प्र.०१–००१ज १२८२ नम्बरको जिप सहित बेलौरी पुगेका खुलेको छ । 

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update