Sagun Khabar
बैतडीको पुर्चौंडीमा ‘कफलाखाना गिरेगडा’ मेलाको अवसरमा ड्यौडा प्रतियोगिता हुने 

बैतडी –बैतडीको पुर्चौंडीमा ड्यौडा प्रतियोगिता हुने भएको छ । कफलखाना गिरेगडा मेलाको अवसरमा ड्यौडा प्रतियोगिताको आयोजना गरिएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । 

हरिबोधनी एकादशीको दिने राताशीला त्रिवेणीधाममा लाग्ने जात्राको अवसरमा प्रतियोगिताको आयोजना गरिन लागेको उनले बताए । यही कार्तिक १६ र १७ गते पुर्चौंडी नगरपालिकाको आयोजनामा ड्यौडा प्रतियोगिता हुने नगर प्रमुख दीपकबहादुर बमले बताए । 

‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौंडीको पहिचान’ भन्ने मूल नारा सहित ड्यौडा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा भाग लिन चाहनेहरुले कार्तिक १६ गते बिहान सम्म नाम दर्ता गराइसक्नुपर्ने वडा अध्यक्ष गडालले बताए । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोश्रो हुनेलाई नगद १० हजार, तेश्रो हुनेलाई नगद साढे सात हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५ हजार पुरस्कार वितरण गरिने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update