Sagun Khabar
दार्चुलाबाट धनगढी जाँदै गरेको जिप बुढीतोलामा दुर्घटना, ५ जना घाइते 

बैतडी – दार्चुलाबाट धनगढीका लागि छुटेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  

सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अभिशेक ठकुन्ना, ३८ वर्षीय रघुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक  २६ वर्षीय प्रेम धामी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update