बैतडीको पाटनमा भोलि सार्वजनिक बिदा
बैतडी –बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पाटन नगरपालिका २ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
महारुद्र मन्दिरको अवसरमा लाग्ने मेलाका लागि भोलि पाटन नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय र शिक्षण संस्था बुधबार बन्द रहनेछन् ।
पाटन नगरपालिका २ स्थित महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्ने गर्दछ । सो मेलामा पाटन र आसपासका क्षेत्रका साथै भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १४:२६
प्रतिक्रिया दिनुहोस्




