बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ स्थित सिद्धनाथ आधारभूत विद्यालयमा सरस्वतीको मूर्ती स्थापना गरिएको छ । बन्दीपुर एकता समूहको तर्फबाट विद्यालयमा सरस्वतीको मूर्ती स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बिष्टले बताए ।
यस्तै समूहले विद्यालयलाई साउण्ड सिस्टम समेत प्रदान गरेको छ । बन्दीपुर एकता समूहको साधारण सभाको उपलक्ष्यमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको समूहका अध्यक्ष भानबहादुर बिष्टले बताए । यस्तै विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थी र दलित विद्यार्थीहरुलाई ड्रेस वितरण गरिएको समूहले जनाएको छ ।
समूहको साधारणसभाको अवसरमा विद्यालयका भूतपूर्व शिक्षक, भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको अध्यक्ष बिष्टले बताए । बन्दीपूर एकता समूहले आफ्नो स्थापना कालदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।




