Sagun Khabar
बैतडीको पाटनमा आज सार्वजनिक बिदा, महारुद्र मन्दिरमा जात्रा 

बैतडी –बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पाटन नगरपालिका २ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ । 

महारुद्र मन्दिरको लाग्ने मेलाको अवसरमा आज पाटन नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय र शिक्षण संस्था आज  बन्द रहनेछन् । 

पाटन नगरपालिका २ स्थित महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्ने गर्दछ । सो मेलामा पाटन र आसपासका क्षेत्रका साथै भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update