Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।नगरपालिकाको  वडा नं ८ स्थित  प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले बिहीबार १७ गते स्थानीय सार्वजनिक बिदा दिएको  हो ।

नगरपालिकाले  बुधबार  एक सूचना जारी गरेर त्रिपुरासुन्दरी मन्दिरमा  कार्तिक शुक्ल अष्टमी र  नवमीमा लाग्ने  मेलाका लागि सबै सरकारी तथा गैर  सरकारी संघ संस्थामा स्थानीय  सार्वजनिक बिदा दिएको जनाएको  छ ।नगरपालिकाको नगरप्रमुख स्तरिय  निर्णयले  नगरपालिका मातहतका   कार्यालयहरुमा भोलि   सार्वजनिक बिदा दिएको  नगरपालिकाका सूचना प्रविधि अधिकृत टेकेन्द्र  भट्टले  बताए । 

 हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका  छन् ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update