बैतडी- नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले बैतडीको प्रदेशसभा (क) मा गठबन्धन नभएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एस बैतडीले प्रदेश सभा क्षेत्र नं (क) मा गठबन्धन नभएको बताएको हो ।
प्रेस विज्ञप्ति मार्फत गठबन्धन नभएको जनाउँदै एस बैतडीले पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र विष्टलाई मत दिन आग्रह गरेको छ । प्रतिनिधिसभामा गठबन्धन रहेको तर प्रदेशसभा (क) मा पार्टीले आफ्नै उम्मेदवार उठाएको एसले स्पष्ट पारेको छ ।
कतिपय उम्मेदवारले गठबन्धन भएको भन्दै भ्रम फिजाउँदै हिँडिरहका भन्दै एकीकृत समाजवादीले आधिकारिक उम्मेदवार नरेन्द्र विष्टलाई मत दिन आग्रह गरेको हो । बैतडीको प्रदेशसभा (क) मा एक जना स्वतन्त्र सहित ६ जना चुनावी मैदनामा छन् ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका वीरबहादुर विष्ट उम्मेदवार छन्। उनीविरुद्ध कांग्रेसकै हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन्। त्यस्तै, एमालेबाट सुरेन्द्र पाल उम्मेदवार छन्। यस्तै राप्रपाका रण बहादुर विष्ट ,राप्रपा नेपालका कृष्णा पन्त पनि यो क्षेत्रमा चुनावी मैदानमा रहेका छन् ।




