Sagun Khabar
बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा, त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचना उल्लेख गरिएको छ । 

नगर प्रमुखस्तरीय निर्णयबाट त्रिपुरासुन्दरी भगवतीको जात्राका लागि बिहीबार (आज) सार्वजनिक बिदा दिइएको र नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था बन्द रहने बताइएको छ । 

प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत पुग्ने गरेका स्थानीय आनन्दमणी भट्टले जानकारी दिए । 

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update