बैतडी- नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघको बैतडी अध्यक्षमा गोबिन्द पन्त चयन भएका छन् । बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोबिन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको जन सांस्कृतिक महासंघका केन्द्रीय सदस्य राम प्रशाद अवस्थीले जानकारी दिए ।
यस्तै कमिटीको उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचिवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएका छन् । यस्तै कमिटीको सह–सचिवमा कलावती लावड र श्रृष्टी ठगुन्ना लाई चयन गरिएको छ । गायक महेश कुमार औजीको अध्यक्षता एवं नेकपा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।
कमिटीले संगठन बिस्तार गर्नुका साथै कलाकारिताको माध्यमबाट विकासमा जोड दिने बताइएको छ । अधिवेशन कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले नेता एव. प्रदेश अध्यक्ष दामोदर भण्डारीले संगीतका माध्यमबाट राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन् ।




