Sagun Khabar
बैतडीमा प्रहरी र म्यादी प्रहरी सामाजिक कार्यमा

बैतडी- बैतडीमा प्रहरी र म्यादी प्रहरी सामाजिक कार्यमा व्यस्त देखिएका छन्।  वर्षातले भत्केको विद्यालयका घेर पर्खाल निर्माण देखि लिएर मन्दिर परिसरहरुमा सरसफाइ गर्ने सम्मका  कार्यमा अहिले प्रहरी र म्यादी प्रहरी व्यस्त देखिएका हुन् । 

प्रहरी र म्यादी प्रहरीले जिल्लाको डिलाशैनी गउँपालिका स्थित अमर माविको भत्केको घेर पर्खाल पुनःर्मिाण गरेका हुन् । वर्षातको पानीका कारणले भत्कीएको विद्यालयको घेर पर्खाल निर्माण गरिएको धामी गाउँ प्रहरी चौकीका इन्चार्ज टेक राज पाण्डेले जानकारी दिए ।

कक्षा १२ सम्म पढाइ हुने अमर माविको भत्केको घेर पर्खाल प्रहरी चौकीको नेतृत्वमा गएको म्यादी प्रहरी सहितको टोलिले निर्माण गरेको उनले बताए । धामी गाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान र आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि छनोट भएर आएका म्यादी प्रहरी मिलेर अहिले सामाजिक  कार्य भइरहेका छन् । 

यस्तै  हिजो  प्रहरी र  म्यादि प्रहरीले सोहि ठाउँमा अवस्थित कर्ण केदार मन्दिर परिसरमा सरसफाइ पनि गरेको थियो । आफनो गाउँ आफै बनाऔँ  भन्ने उदेश्यले म्यादि प्रहरीमा छनोट भएका युवाहरु सहित प्रहरी संग मिलेर भत्केको विद्यालयको घेर पर्खाल र मन्दिर परिसरमा पनि सरसफाइ गरिएको म्यादी प्रहरी एवं  सोहि ठाउँका  युवा राजा जोशीले बताए ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update