Sagun Khabar
एमाले बैतडी सल्लाहकार समिति संयोजक भण्डारीले गरे पार्टी  परित्याग

बैतडी- नेकपा एमाले  बैतडीका  जिल्ला सल्लाहकार समिति संयोजक राज बहादुर  भण्डारीले  पार्टी  परित्यागको  घोषणा गरेका छन् ।

उनले  एक  पत्र जारी  गरेर  पार्टी परित्याग गरेको  घोषणा गरेका हुन् । बिहीबार  एक पत्र जारी  गर्दै संयोजक  भण्डारीले एमालेको  साधारण सदस्य समेत  नरहने  गरि  पार्टी  परित्याग गरेको  घोषणा गरेका छन् ।

एमालेमा बसे  आफ्नो राजनितीक भविष्य अन्धकार  हुने  भन्दै  पार्टी  परित्याग गर्ने  निर्णयमा पुगेको  उनले  पत्रमा  लेखेका छन् । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण गर्दा योगदान , क्षमता, योग्यता नहेरी  गुटगत हिसाबले  वितरण गरिएको  पनि उनले   पत्रमा उल्लेख गरेका छन् ।

२०५५ सादेखि नेकपा एमालेमा आवद्ध भण्डारी पार्टीका विभिन्न जिम्मेवारीमा  रहेर काम गरेका व्यत्ति हुन् । पाटन नगरपालिका घर  भएका भण्डारीले १० वर्ष वडा कमिटिमा रहेर  काम गरेका थिए  भने  ४ वर्ष  एमालेको  पाटन नगर  कमिटि अध्यक्ष भएर  काम गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update