Sagun Khabar
नेकपा एमाले अध्यक्ष ओली आज  बैतडी आउँदै

बैतडी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैतडी आउँदैछन् । एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा  हुने विशाल  चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बैतडी आउन लागेका हुन् । अध्यक्ष ओली  आउने भएपछि  पाटन बजार र चुनावी आमसभा स्थल  पाटनको  खुल्ला मञ्च  सिंगारिएको छ  ।

पाटनमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरु पुरा भइसकेको एमाले बैतडीले जनाएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राखिएको  चुनावी आमसभालाई  ओलीले सम्बोधन गर्ने बताइएको छ । चुनावी देश दौडाहको सुरुवात गर्न ओली सुदूरपश्चिम पुगेका छन् ।

आज  उनि  दार्चुलामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि दिउँसो पाटन आउने बताइएको छ । बैतडीबाट प्रतिनिधिसभामा पूर्व अर्थराज्य मन्त्री समेत रहेका दामोदर भण्डारी प्रनिनिधिसभा सदस्यको उम्मेदवार रहेकाछन् । उनी  तेस्रो पटक चुनाव लड्दै  छन्  ।

यस्तै  प्रदेशसभा (क)मा  पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल उम्मेदवार  छन्  भने क्षेत्र नं (ख)मा  पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार रहेकाछन् । यसैगरी एमाले बैतडीबाट समानुपातिक तर्फ प्रदेशसभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार रहेकाछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update