बैतडी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट बैतडीको प्रदेश सभा ‘क’ की उम्मेदवार कृष्णा पन्तले महिलाको जीवन स्तर माथि उकास्न मैले जित्नु पर्ने बताएकी छिन् । रेडियो निङ्गलाशैनीको बहस कार्यक्रम जनचासोमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्नका लागि मेरो उम्मेदवारी रहेको र आफुले जिते महिलाको जीवनमा परिवर्तन ल्याउने उनले बताइन् । चुलोचौको र चारदिवारमा सिमित यहाँका महिलाको सिप विकास गरेर जीवन सुदृढिकरण गर्न मैले जित्न आवश्यक रहेको उनको भनाइ थियो ।
सिलाइ कटाइ, स्विटर, टोपि लगायतका सामग्री बुनाई, दुना टपरी निर्माण लगायतको सिप सिकाईबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपविकास तालिम सञ्चालन गर्ने र कृषि क्षेत्रको विकासका लागि पहल गरेर जिल्लाको विकास गर्ने आफुले योजना बनाएको उनको भनाई छ । यस्तै चुनावमा महिलाको सहभागिताको सवालमा बोल्दै उनले अन्य दलले महिलालाइ प्रत्यक्ष तर्फ टिकट नदिएको प्रति दुख व्यक्त गरेकी छन् ।
अन्य पार्टीले महिलालाई प्रत्यक्ष तर्फ टिकट नदिएका बेला आफुलाई राप्रपा नेपालले टिकट दिएर महिलाको हकहितमा काम गर्न अवसर प्रदान गरेको भन्दै उनले मलाई क्षेत्र नं ‘क’ का जनताले भोट दिनेमा विश्वस्त रहेको बताईन् । महिलाहरुको विकासका लागि नेतृत्वमा पुग्न आवश्यक रहेको उनको भनाई छ ।
लामो समय देखि महिलाहरुको हकहितमा आवाज उठाउँदै आएको र अझै जिम्मेवारी प्राप्त भए परिवर्तनको पक्षमा काम गर्ने उम्मेदवार पन्तले बताईन् । बैतडीमा कृष्णा पन्त एक मात्र प्रत्यक्ष तर्फकी महिला उम्मेदवार हुन् ।
अन्य दलहरुले सामानुपातिक तर्फ महिलाइहरुलाई अघि सारे पनि राप्रपा नेपालले बैतडीको प्रदेश सभा ‘क’ मा महिला उम्मेदवार उठाएको छ । अहिले जनता नयाँँ मुहारको खोजि गरिरहेकाले आफुले चुनाव जित्ने उनले दाबी पनि गरेकी छन् ।
बैतडीको क्षेत्र नं ‘क’ मा एक जना स्वतन्त्र सतिह ६ जन चुनावी मैदानमा छन् । नेकपा एमालेबाट सुरेन्द्र पाल, काँग्रेसबाट बिर बहादुर विष्ट , एकीकृत समाजवादी बाट नरेन्द्र विष्ट, राप्रपा बाट रणबहादुर विष्ट र राप्रपा नेपालबाट कृष्णा पन्त चुनावी मैदानमा छन् । यस्तै यो क्षेत्रमा काँग्रेस नेता हरिमोहन भण्डारी स्वतन्त्र चुनाव लडि रेहका छन् ।




