Sagun Khabar
बैतडीमा एमालेका उम्मेदवार जित्छन् : एमाले अध्यक्ष ओली 

बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीमा एमालेका उम्मेदवारहरुले चुनाव जित्ने बताएका छन् । नेकपा एमाले बैतडीले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बैतडीमा एमालेले जित्ने दाबी गरे । उनले भने ‘बैतडीमा एमाले आयो । एमालेका उम्मेदवारहरुले जित्नेछन् । यो उपस्थितीले देखाएको छ ।’

चुनावी सभालाई सम्बोधन गर्दै ओलीले झुलाघाटमा पक्की पुल बनाउने जिम्मा आफूले लिने बताए । उनले भने ‘झुलाघाटमा थोत्रो झोलुंगे पुलले हुँदैन् । अब पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । मैले लिन्छु ।’

यस्तै प्राविधिक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि एमालेका उम्मेदवारहरुले जित्नु जरुरी रहेको बताए । यस्तै शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउने कुरामा ढुक्क हुन उनले आग्रह गरे । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update