भारतमा काम गर्ने बैतडीका एक युवकको अरिङ्गालको टोकाइबाट मृत्यु
बैतडी –अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ । कामको सिलसिलामा भारतको पिथौरागढमा रहेका बैतडीको सिगास गाउँपालिकाका ६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
बिहिबार साँझ उनको मृत्यु भएको बताइएको छ । भारतको पिथौरागढ जिल्लास्थित गिरेगडा भन्ने स्थानमा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका धामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
साँझ खाना खाएर कोठातर्फ गइरहेका बेला बाटोमा नै उनलाई अरिङ्गालले टोकेको थियो । मृतक धामीको घरमा श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएका युवकको भारतमै मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १०:२५
प्रतिक्रिया दिनुहोस्




