Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा २२ गते  सार्वजनिक बिदा 

बैतडी- बैतडीको  सुर्नया गाउँपालिकाले २२ गते  सार्वजनिक बिदा दिएको छ । वडा नं  ५ स्थित फाङलाशैनी  भगवति मन्दिरमा लाग्ने  मेलाका लागि पालिकाले कार्तिक २२ गते  सार्वजनिक बिदा दिएको  हो । 

आइतबार  एक सूचना जारी  गरेर पालिकाले कार्तिक  २२ गते वडा नं  ५ स्थित फाङलाशैनी  भगवति मन्दिरमा मेला लाग्ने  भएकाले  एक दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

 सो  दिन पालिका भित्रका सबै सरकारी तथा गैर सरकारी  संघ संस्था  र  शिक्षण संस्था बन्द  रहने  सूचनामा उल्लेख गरिएको  छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update