बैतडीमा अटो दुर्घटना, चालक समान्य घाइते
बैतडी –बैतडीमा अटो दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सुप प्र ०१–००१ ह ३९८८ नम्बरको अटो आइतबार दिउँसो सवा ४ बजेतिर पाटन –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका – ३ ठुलाखोलाको भीरमा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
अटो दुर्घटना हुँदा अटो चालक पाटन नगरपालिका ६ का दामोदर कुमाल समान्य घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो सडकबाट करीब ९ सयमिटर तल खस्दा पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक जोशीले बताए । पछिल्लो समय बैतडीका विभिन्न स्थानमा अटो सञ्चालनमा रहेका भएपनि अटोको यात्रा पहाडी क्षेत्रमा असुरक्षित बन्दै गएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्




