Sagun Khabar
नेपालका कान्छा साइकल यात्री भट्ट जन्मभूमी बैतडीमा 

बैतडी –नेपालका कान्छा साइकल यात्री भनेर चिनिने १२ बर्षीय रमित भट्ट आफ्नो जन्मभूमी बैतडी पुगेका छन् । गत बर्ष ११ बर्षको उमेरमा मेची महाकाली साइकल यात्रा गरेर कान्छा साइकल यात्रीको पहिचान बनाएका भट्ट बेलौरी–बैतडी धार्मिक पर्यटन साइकल यात्रा गर्दै बैतडी पुगेका हुन् । 

बैतडीका धार्मिक पर्यटकीय स्थलहरुको दर्शन गर्ने र ती स्थलहरुको प्रचारप्रसारका लागि आफू साइकलमा बैतडी पुगेको भट्टले बताए । बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा जन्मेका भट्ट अहिले कञ्चनपुरको बेलौरीमा बस्दै आएका छन् । 

उनलाई रौतगाउँमा आज स्वागत गरिएको स्थानीय विवेकानन्द पाण्डेयले बताए । साइकल यात्री भट्टले बैतडीका शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम तय गरेका समेत उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update