बैतडी- निर्वाचन नजिकिएसंगै अहिले राजनितीक दल तथा उम्मेदवारहरुले बस्ती भेटघाटलाई तिब्र बनाएका छन् । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको नतिजा आफनो पक्षमा पार्न अहिले बैतडीमा राजनितीक दलका नेता र उम्मेदवारले बस्ती भेटघाटलाई तिब्र बनाएका हुन् ।
मतदाता रिझाउन अहिले यहाँका उम्मेदवाहरु गाउँघर तिर देखिएका छन् । आजाभोलि उम्मेदवारहरु जनताले काम गरिरहेका ठाउँमा गएर भोट मागि रहेका छन् ।
जनताहरुलाई काम गर्न भ्याइनभ्याइ छ । उम्मेदवारहरु जनताले काम गरिरहेकै ठाउँमा गएर भोट मागि रहेका हुन् ।बैतडीका उम्मेदवारहरु खनजोत र खरबारिमा खर काट्न व्यस्तभएकै ठाउँमा गएर मत मागि रहेका छन् ।
यसरि उम्मेदवारहरुले गाउँघरमा काम गरिरहेकै ठाउँमा गएर मत मागिरहेका बेला यहाँ नागरिकहले भने आफुहरुले विकासवादी उम्मेदवारलाई भोट दिने बताइराखेका छन् । चिल्ला गफ चुटेर जाने भन्दा समाजका वास्तविक समस्या बुझनेलाई भोट दिने नागरिकहरुको भनाई छ ।
धेरै जसो नागरिकहरुले अहिले आफुहरु नयाँ मुहारलाई भोट हालेर जिताउने पक्षमा रहेका समेत बताएका छन् । संघका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा सदस्यकाका लागि ११ जना चुनावी मैदानमा छन् ।
३ स्वतन्त्र सहित प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी मैदानमा रहेका हुन् । प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् ।
यस्तै एमालेका तर्फबाट एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोँसाई, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह बिष्ट चुनावी मैदानमा छन् ।
यस्तै प्रदेश सभा ‘क’ मा एक जना स्वतन्त्र सहित ६ जना चुनाव लडिरहेका छन् भने प्रदेश सभा ‘ख’ मा ५ जना चुनावी मैदानमा छन् । चुनाव आउन अब १३ दिन बाँकी छ ।




