Sagun Khabar
बैतडीको दशरथचन्दमा भोलि सार्वजनिक बिदा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा भोलि (मंगलबार) सार्वजनिक बिदा हुने भएको छ । दशरथचन्द नगरपालिका –४ गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

जगन्नाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको र नगरपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

जगन्नाथ मन्दिर हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्दछ । सो जात्रामा विभिन्न ठाउँका दर्शनार्थीहरु पुग्ने गरेको स्थानीयहरुले बताएका छन् ।  

Danapa1667808602.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update