Sagun Khabar
बैतडीका तीन स्थानीय तहमा भोलि सार्वजनिक बिदा 

बैतडी –बैतडीका तीन स्थानीय तहमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

दशरथचन्द नगरपालिकास्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा जात्रा लाग्ने भएकाले मंगलबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यस्तै प्रसिद्ध मेलौली भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएकाले नगर क्षेत्रमा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै सुर्नयास्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले भोलि सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update