Sagun Khabar
बैतडीको सुर्नयामा निःशुल्क भनिएको एम्बुलेन्स सेवा पाउनै समस्या 

बैतडी- बैतडीको सुर्नया गाउँपालिका भित्रका एम्बुलेन्स नियमित नुहँदा समस्या भएको छ ।  पालिका भित्र दुई ओटा एम्बुलेन्स भएपनि नियमित सञ्चालनमा नआउँदा नागरिकहरुलाई समस्या भएको हो ।

पालिकामा दुई ओटा एम्बुलेन्स भएपनि नागरिकहरुले सेवा नपाएको गुनासो गरेका छन् । गाउँपालिकामा एम्बुलेन्स भए पनि समस्या पर्दा काम नलाग्ने गरेका स्थानीय बिशाल भट्टले गुनासो गरेका छन् ।  

कुनै नागकिहरुलाइ चोट पट लागे अथवा बिरामी परेर अस्पताल जान परेमा पालिकाका एम्बुलेन्स उपलब्ध नहुने गरेका उनले बताए । अहिले पालिकाको  वडा नं ३ र पाँचमा  एम्बुलेन्स छन्  ।तर ती एम्बुलेन्स मान्छे बिरामी  भए, कसैलाई  चोट पटक लागे काम लागदैन्न ।

गत महिना सुर्नया ३ तडीगाउँका दामोदर भट्टकी  श्रीमती भीर बाट लडेर घाइते भइन् ।  जिल्ला अस्पताल सम्म जान तत्काल एम्बुलेन्स  चाहिएको भएपनि आफुलाई उपलब्ध नभएको उनले  दुखेसो पोखेका छन् ।

श्रीमती लडेर घाइते भएको दिन पालिकाको एम्बुलेन्सको खोजी गरेपनि सम्बन्धित निकायबाट तेल छैन् भनेर जवाफ आएको उनको भनाई छ । एम्बुलेन्समा तेल छैन भनेपछि आफु निजी सवारीसाधन प्रयोग गरेर अस्पताल गएको उनले बताए । 

पालिकाका जनप्रतिनिधिहरुले एम्बुलेन्स सेवा निशुल्क गर्ने भने पनि नागरिकहरुले  सेवा पाइराखेका छैनन् । पालिकामा एम्बुलेन्स हुँदा हुँदै नागरिकहरुले चर्काे भाडा तिरेर  निजी सवारीसाधनको प्रयोग गर्नुे  पर्ने बाध्यता रहेको हो ।

वडा नं ३ स्थित बशुलिङ्ग स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स समस्या पर्दा काम नलाग्ने  गरेको स्थानीयहरुको  भनाई छ । यता गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँरले  भने एम्बुलेन्स मर्मतका लागि पठाइ सकेकाले केहि दिनमै नियमित सञ्चालनमा आउने बताएका छन् ।

एम्बुलेन्स मर्मत र कागज पत्र समेत बनाउन धनगढी पठाइसकेकाले त्यसपछि यस्तो समस्या नहुने उनले बताए । सुर्नयामा दुइ ओटा एम्बुेलन्स भएर पनि समस्या पर्दा काम नलाग्नु दुःखद कुरा भएको युवा बिनोद विष्टको भनाई छ । एम्बुलेन्स सञ्चालनको  विषयमा पालिकाले गम्भीर भएर सेवा प्रवाह गर्र्नेु पर्ने  यहाँका युवाहरुको  माग छ ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update