एमाले परित्याग गरेका बैतडीका भण्डारी एकीकृत समाजवादीमा प्रवेश
बैतडी – केही दिन पहिला नेकपा एमाले परित्याग गरेका राजबहादुर भण्डारीले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले सल्लाहकार समिति बैतडी संयोजक रहेका भण्डारीले केही दिन पहिला एमाले परित्याग गरेका थिए ।
मंगलबार बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा आयोजित अगुवा कार्यकर्ता भेलामा भण्डारीले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी भित्र योगदान, योग्यता र क्षमताभन्दा पनि गुटगत तवरले टिकट वितरण भएको आरोप लगाउदै कार्तिक १७ गते भण्डारीले पार्टी परित्यागको घोषणा गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १६:२९
प्रतिक्रिया दिनुहोस्




