Sagun Khabar
प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री बैतडी आउँदै,  पाटन झकिझकाउ पारियो (फोटो फिचर)

बैतडी –गठबन्धनका शीर्ष  नेताहरु आउने भएपछि बैतडीको पाटन झकिझकाउ पारिएको   छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री एवं  एकीकृत समावजादीका अध्यक्ष माधव कुमार नेपाल आउने भएपछि जिल्लाको पाटन झकिझकाउ पारिएको हो ।  

61667910575.jpg
पाटन बजारको गेट र बजार क्षेत्रमा तीनै  पार्टीका झण्डा , नेताहरुको पोष्टर टाँसिएका छन् भने  कार्यक्रम हुने  खुल्ला मञ्च पनि सजाइएको छ । 

51667910574.jpg
लोकतान्त्रिक–बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि तीनै  नेता बैतडी आउन लागेका हुन । कार्यक्रम भोलि दिउँसो १ बजे हुने बताइएको छ । चुनावी सभालाई देउवा, प्रचण्ड नेपालले  सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । पाटनमा आयोजना हुने चुनावी सभाका लागि तयारी पूरा भएको उनले  बताए । 

41667910570.jpg
बिहान ११ बजे दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर नेताहरु बैतडीको पाटन आउने कार्यक्रम तय भएको हो  । 

21667910570.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update