गठबन्धनका शिर्ष नेताहरु दार्चुलाको गोकुलेश्वरमा
बैतडी- गठबन्धनका शिर्ष नेताहरु दार्चुलाको गोकुलेश्वर पुगेका छन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी आम सभालाई सम्बोधन गर्न अहिले गोकुलेश्वर पुगेका हुन्।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले गठबन्धनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गोकुलेश्वरमा सम्बोधन गरेर शिर्ष नेताहरुले बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ ११:३५
प्रतिक्रिया दिनुहोस्




