Sagun Khabar
देउवाले  भने -गठबन्धन जिताउनुस दार्चुलाले  मन्त्री  पाँउछ  

बैतडी- प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर  देउवाले गठबन्धन जिते  दार्चुलाले  मन्त्री  पाउने बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा लोकतान्त्रीक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन् ।  

गठबन्धन आजको  आवश्यकता भएको  भन्दै उनले गठबन्धनले  जिते दार्चुलाले मन्त्री पाउने  बताएका हुन् । यस्तै देउवाले  मिचिएको भूमी  कुटनीतिक पहल बाट  फिर्ताहुने  बताएका छन् । केपी ओलीले आफैले नक्सा पास गरेको  भनेर झुटा बोलिरेहकाले सबैदल एक ठाउँमा उभिएर नक्सा पास भएको उनले स्पष्ट पारेका छन् । केपी ओली तिर संकेत गर्दै देउवाले  दार्चुलामा आएर बोल्दा  भूमी पिर्ता  नहुने  भन्दै यसका लागि  भारत संग संवाद गर्नु पर्ने बताए  । 

यस्तै उनले महाकाली  करिडोर , पञ्चेश्वर परियोजनाको काम पनि अगाडी  बढाइने  बताएका छन । साथै  प्रधानमन्त्री देउवाले  दार्चुला जटिबुटीका लागि हव  बन्ने भन्दै प्रशोधन केन्द्र  सञ्चालनमा ल्याएर  यो ठाउँको विकास  समृद्धि  गरिने  बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update